ग्लोबलद्वारा बीओकेको स्वामित्वमा रहेको निक्षेप सदस्य को नाम परिवर्तन

२४ माघ २०७९, मंगलवार १४:०८

ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको निक्षेप सदस्य (१११००) को नाम परिवर्तन गरेको छ ।

साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्ज भई ग्लोबल आइएमई बैंकको नामबाट गत पुष २५ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।

साथै ग्लोबल आइएमई बैंकले साविक बीओके गाभिएश्चात् बीओकेको स्वामित्वमा रहेको निक्षेप सदस्यको नाम परिवर्तन भई ग्लोबल आइएमई बैंक लिमिटेड (१११००) कायम गरिएको जनाएको हो ।