करण राई पुगे आमेरिका

२४ माघ २०७९, मंगलवार ०८:०५

सोमबार आमेरिकामा ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राईलाई भब्य स्वागत गरिएको छ। उनलाई अमेरिकाको क्यान्टोकीको लुइसभिल्ला शहरमा भब्य स्वागत गरिएको हो।

विजेता राई विमानिस्थल पुग्दा भुट्निज सोसाइटी अफ क्यान्टोकी र नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिले संयुक्त रुपमा स्वागत गरेका थिए।

मंगलबार क्यान्टोकिको लुइसभिल्ला सिटिमा राईले कन्सर्ट गर्ने कार्यक्रम रहेको छ भने स्थानीय आयोजकको तर्फबाट नयाँ नयाँ प्रतिभा को प्रस्फुटन गराउने कार्यक्रम को आयोजना गरिएको नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिका सचिव रियाज भण्डारीले जानकारी दिए।