नेपाल राष्ट्र बैंकले आज ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ।
२०७९ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ७.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो।
२०७९ पुस महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क भने १०.२७ बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो।
