रवि लामिछानेले निष्फिक्री बोले: गोकुल बास्कोटा

२३ माघ २०७९, सोमबार ११:५८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्फिक्री बोलेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेबताएका छन् । बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।

मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।

बास्कोटाले भने, रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’।