सरकारबाट बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले हिजो राजीनामा दिएका छन् ।
राजीनामा दिएका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरुले हिजो साँझ प्रधानमन्त्री निवास,बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए । उनीहरुले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छन्।
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो राजीनामा बुझाएका थिए । हिजो दिउँसो पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।
आज पत्रकार सम्मेलन पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ । हिजो अपरान्ह पार्टी सभापति रवि लामिछानेले सोही स्थानमा पत्रकार सम्मेलन गरेका थिए ।
