हप्ताको पहिलो दिन नेप्से 1.५४ अङ्कले बढ्याे

२२ माघ २०७९, आईतवार १५:३७

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से 1.५४ अङ्कले बढेर 2९६.०९ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।