शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। उनी बाराबाट प्रदेशसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले बारा २ (१) बाट प्रदेशसभा सदस्य जितेका कलवारलाई पार्टी प्रवेश गराएका हुन् ।
उनी बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए । यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।
