मैले सिधाकुरा नगरेको धेरै भएछ: रबि लामिछाने

२२ माघ २०७९, आईतवार ११:११
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले फेसबुकमा आफुले सिधाकुरा नगरेको धेरै भएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका हुन् ।
उनले स्टाटसमा लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ। ‘