राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

२२ माघ २०७९, आईतवार ०८:४९

नेपाल राष्ट्र बैंकका पहिला गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकाे थियाे । जबरा २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए ।