तरकारी बिक्री नहुदा सडकमा फाल्दै आन्दोलित बने कृषक

२० माघ २०७९, शुक्रबार १५:२४

तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा फालेका छन्।

भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध गरेका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुनेलगायत समस्या हुदा पनि सरकारले यसबारे चासाे नदेखाएकाे किसानकाे गुनासाे रहेकाे छ।

बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजारले उचित मुल्य नपाउने खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूले गुनासो गरेका छन्। उनीहरूले सडकमा आएपछि सबैको आँखा पर्ने भन्दै फालेर विरोध जनाएको बताएका छन्।