देशकाे अर्थतन्त्र सुधारका संकेतहरु देखिन थालेका छन्: प्रधानमन्त्री प्रचण्ड

२० माघ २०७९, शुक्रबार १४:४७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्या सुधार हुने संकेतहरु देखिन थालेको बताएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव एवं चीन सरकारको १ अर्ब रुपैयाँ सहयोगमा निर्माण भएको भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्। चीनले भौतिक पूर्वाधारदेखि भूकम्पका कारण भत्केका संरचना बनाउन सहयोग गरेको भन्दै उनले धन्यवाद दएिका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि बैंक तथा व्यवसायीको बीचमा नयाँ रुपमा सम्बन्ध अघि वढाउने कार्यको थालनी गरेको भन्दै यसको सकारात्मक सुधार देखिएको दाबी गरे। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने आधारहरु देखा परेको बताए। सरकार अर्थतन्त्र सुधार गरेर जनतालाई सुशासन दिने पक्षमा काम गरिहेको उनको भनाइ थियो। उनले अहिलेको सरकारलाई धेरै दलको सर्मथन प्राप्त भएकाले यो ठूलो जिम्मेबारी र चुनौती भएको महसुससहित आफू जनताको काममा केन्द्रित भएको प्रचण्डको जिकिर थियो।