सर्वोच्च अदालतले बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्धामा कागजात झिकाउन आदेश दिएको छ। पाटन उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छोड्नदिएको आदेशविरुद्ध महान्याधिवक्ता कार्यालयले सर्वोच्चमा निवदेन गरेको थियो।
सो मुद्धामा लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले आदेश दिएका छन्।
