गृह मन्त्रालयल रास्वपालाई दिन सर्वोच्चको पूर्णपाठको आवश्यकता पर्दैन: केपी वली

१९ माघ २०७९, बिहीबार १४:०५

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने दाबी गरेका छन् । विराटनगर पुग्नुभएका ओलीले सञ्चाकर्मीहरुसँग कुरा गर्दै सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने बताएका छन् ।

यस विषयमा प्रधानमन्त्रीसँग सहमति नै भएको समेत उनको भनाइ छ । उनले रास्वपाले मन्त्रालय पाउने दाबी गर्दै कसलाई मन्त्री बनाउने त्यो भने पार्टीले मिलाउने बताए । गृह मन्त्रालयल राष्ट्रिय स्वतन्त्र पार्टीलाइ दिन सर्वोच्च अदालतको पूर्णपाठको आवश्यकता नपर्ने वलीको भनाइ छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई अदालतको पूर्ण पाठ नआएसम्म जिम्मेवारी नदिने भन्दै तत्काल गृहमन्त्रालय दिएको खण्डमा  चौतर्फी विरोध हुने बताएका थिए । गृहमन्त्री र राष्ट्रपतिको विषयले नयाँ गठबन्धनमा समस्या देखिने संकेत देखिएको छ ।