नागढुङ्गामा एक पुरुष मृत अवस्थामा भेटिए ।

१९ माघ २०७९, बिहीबार १३:०५

काठमाडौंको नागढुङ्गामा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

प्रहरीले दिएको जानकारी अनुसार चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित खोल्साको झाडीमा मृत भेटिएका हुन्। रुपन्देही ओमसतिया गाउँपालिका-२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ बुधबार मृत अवस्थामा फेला परेका हुन्।

अहिलेसम्म मृत्युको कारण भने खुलिसकेको छैन।