फेरी बढ्यो सुनको मूल्य, तोलामा कतिले वृद्धि भयो त ?

१९ माघ २०७९, बिहीबार १२:२५

बिहीबार सुनको मूल्य उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाे अनुसार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हाे।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । बुधबार एक लाख ६ हजार ३ सय रुपैयाँमा छापावाल, एक लाख ५ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार रहेकाे थियो ।

साथै चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।