राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ । नागरिकता मुद्दामा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेमाथि पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी छ ।
यस्तो अवस्थामा उनी तत्काल गृहमा फर्किए सो मुद्दा कमजोर बनाउन सक्ने चिन्ताबीच गैरसांसदको रूपमा गृह मन्त्रालयमा फर्किन न्वारनसम्म बल लगाइरहेका छन् । लामिछानेलाई प्रवक्ता मुकुल ढकालसहित केही कांग्रेस पृष्ठभूमिका सांसदहरूले साथ दिइरहेका छन् । लामिछानेलाई गैरसांसदको रूपमा गृहमा फर्काउने सफल नभएमा सरकारबाट बाहिरिनेसमेत चेतावनी उनीहरुले दिइरहेका छन् ।तर, उपसभापति एवम् श्रममन्त्री डीपी ढकालसहित अन्य सांसदहरूले मंगलबार साँझ लामिछानेलाई भेटेर तत्काल सरकारबाट बाहिर नहुने भन्दै दबाब दिएपछि उनी ‘ब्याक’ भएको पार्टीका एक नेताले रातोपाटीलाई बताए । सकेसम्म लामिछानेलाई नै गृहमा फर्काउने, त्यो नभएमा अरु कुनै सांसदलाई पठाएर भएपनि यो गठबन्धन जोगाउने पक्षमा उनीहरू छन् । गृह मन्त्रालयमा लामिछोनलाई फर्काउने विषयमा पार्टीमा दुई धार भएपछि पार्टीभित्र समझदारी जुट्न सकेको छैन । थप विवाद हुने त्रासले सभापति लामिछानेले पार्टीको बैठकसमेत बोलाएका छैनन् ।
रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलेसामाजिक सञ्जालमार्फत भनेका छन्,‘गृह मन्त्रालय रास्वपालाई फिर्ता आउनुपर्छ रु पक्का १ यो अधिकार फिर्ता लिन हामी जुट्नै पर्छ । अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहीन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला रु यो छुट्टै प्रश्न हो।’
