बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
बुधबार तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय, छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको छ ।मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
