अदालतको पूर्ण पाठ नआएको भन्दै रबिविरुद्धको अर्को उजुरी प्रहरीले लिएन

१७ माघ २०७९, मंगलवार १७:२०

गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो।

सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी गर्न पुगेका थिए।

तर उनको उजुरी अदालतको पूर्ण पाठ नआएको भन्दै प्रहरी दर्ता गर्न मानेको छैन।