ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि राप्रपाका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ

१७ माघ २०७९, मंगलवार १३:००

राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए अनुसार सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।