पुष ४, रसुवा ।
चिनियाँ नाकाको अवलोकन गर्नका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली रसुवाको टिमुरे पुगेका छन् ।
ओलीका साथमा महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, सुवास नेवाङलगाएतका नेतालाई ओली टिमुरे पुगेका हुन् । नेताहरु तीन वटा हेलिकप्टर चढेर भ्रमणमा निस्किएका हुन्। । चीनसँग जोडिएका हिमाली क्षेत्रका नाकाको अवलोकन गर्न उनीहरु गएको महासचिव पोखरेलका सहयोगी लोकेन्द्र केसीले बताएका छन् । रसुवागढी नाकास्थित टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुँदैछ । नेपालको बाटो भएर भारतसम्म व्यापार गर्न रसुवागढीमा चीनको सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको बुझिएको छ । त्यसमा एकीकृत भवनसहित २ सय ५० देखि ३ सय कन्टेनर अटाउने गरी बन्दरगाह निर्माण गरिन लागेको बताईएको छ
