कृषि विकास बैंकको सीईओ पदका लागि २२ जनाको आवेदन

१६ माघ २०७९, सोमबार १४:३९

सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबारसम्म २२ जनाको आवेदन परेको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि खाली रहेको उक्त पदमा २२ जनाको आवेदन परेको हो ।

उपाध्यायको कार्यकाल गत पुस १० गते देखि सकिएको थियो । जसमा कृषि विकास बैंकमा ५१ प्रतिशत सरकार र बाँकी ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने म्याद तोकेको थियो । सोही सूचनाका आधारमा आइतबार साँझसम्म २२ जनाको आवेदन परेको हो ।