अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उपमन्त्री नुल्यान्डले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल अमेरिका सम्बन्ध र अमेरिकी साझेदारीको बृहत् परियोजनाहरूमाथि छलफल भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नुल्यान्डले आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
