नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरका मेयर बालेन शाहले भेटेका छन् ।
सोमबार बिहान मेयर साहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । मेयर साह र प्रधानमन्त्री प्रचण्डबीच झण्डै आधा घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताको विषयबारे भने केही नबाइए पनि सार्वजनिक स्थान कब्जा गरेर बनाइएका अवैध संरचना हटाउन उनले प्रधानमन्त्रीसँग साथ मागेको बताइएको छ ।
बालेनले यसअघि तत्कालीन उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग पनि यस्तै सहयोग मागेका थिए । बालेनले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका तथा नक्सापासबिना खडा गरिएका संरचना हटाउन सुरु गरेपछि उनीविरुद्धका आवाज चर्को सुनिन थालेको छ ।
नयाँ आसाको सञ्चार गराएर मेयरमा विजयी भए पनि पुरानै शासकको निरंकुश शैली अपनाएको आरोप उनीमाथि छ । साथै प्रश्नबाट भागेको गुनासो पनि बढेको छ ।
