युुनियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन

१५ माघ २०७९, आईतवार १६:५१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युुनियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ८.९७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ११ पैसा कायम हुने गरी मूल्य समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५ सय २१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा कम्पनीको ५ औँ वार्षिक साधारण सभा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१:४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता पत्र (MOU), कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्यांकन कार्य (DDA) गर्न लेखापरीक्षक र परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु अनुमोदन समेत गर्नेछ ।