६०० रुपैयाँले बढ्दै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम

१४ माघ २०७९, शनिबार ११:३८

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।

जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्‍यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो ।