गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीले गरे श्रद्धाञ्जली व्यक्त

१३ माघ २०७९, शुक्रबार १७:५९

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक पौडेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् । “लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायूमै भएको दुखद निधनप्रति गहिरो दुखसहित श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।

स्व. गायक पौडेलले विभिन्न रोधी घरहरुमा धेरै लाइ दोहोरी गीतहरु गाएका छन् । यस्तै उनका रुमालै बैना, तिम्रो सिउदो भन सकिन, घरी घरी, मत मरे मत लगायतका गीतहरु चर्चामा छन् ।