पछिल्लो चार वर्षमा बैंकको कर्जा समयमै नतिरेको वा वित्तीय अपराध गरेका कारण कालोसूचीमा पर्नेको संख्या नौ गुणा हाराहारीले बढेको तथांकमा देखिएको छ। कोरोना महामारी सुरू भएपछि यो संख्या हवात्तै बढ्दै गएको हो।
आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मस पूरा चार वर्षभरिमा यसरी कालोसूचीमा पर्नेहरूको जम्मा संख्या ३ हजार ९ सय १० थियो भने २०७६/७७ एक्लो वर्षमा भने यो संख्या ३ हजार २०१ पुगेको छ । त्यसपछि २०७७/७८ मा ४ हजार ६४४ जना कालोसूचीमा परेक छन् । २०७८/७९ मा यो संख्या तेब्बरभन्दा धेरै बढेर १३ हजार २३९ पुगेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० माघ ९ गतेसम्म, सात महिना नहुँदै कालोसूचीमा पर्नेको संख्या १३ हजार २०१ पुगिसकेको छ। यसरी हेर्दा कोरोना सुरू भएयता कालोसूचीमा पर्नेको संख्या नौ गुणा हाराहारीले बढेको छ। यो आर्थिक वर्षमा यो संख्या ऐतिहासिक रूपमै उच्च हुने देखिएको हो।
