एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ। एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात २०७१ सालदेखि हुँदै आएको हो । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा १ हजार १०० भन्दा बढी ग्राहक आबद्ध हुनुका साथै ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन हुँदै आइरहेको क्यापिटलले उल्लेख गरेको छ।
विगत ८ वर्षअघिदेखि सुरुआत गरेको एनआईबीएल एस क्यापिटलले यस सेवाअन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकले कम्पनीप्रति देखाएको विश्वास र यस सेवामा आबद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकको हितलाई नै सर्वोपरी ठानी कार्य गर्ने कुशल लगानी व्यवस्थापकहरुका कारण यो ४ अर्बको आकारको कोशेढुंगा प्राप्त गर्न कम्पनी सफल भएको हो।
आगामी दिनमा पनि लगानीकर्ताको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने क्यापिटलले जनाएको छ।
