कालिका लघुवित्त संस्थाले ३१०० र ३७२० कित्ता शेयर बिक्री गर्ने

१३ माघ २०७९, शुक्रबार १४:२४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको छ ।

संस्थाले इन्द्र बिक्रम मल्लको नाममा रहेको ३१ सय कित्ता र गणेश शर्मा पौडेलको नाममा रहेको ३७२० कित्ता शेयर बिक्री गर्ने भएको छ । सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं-१०, कास्कीमा बोलपत्र पेश गर्न सक्ने छन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम अनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।