बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा सामान्य गिरावट

१२ माघ २०७९, बिहीबार १५:४५

बिहीबार साप्ताहिक कारोबारको अन्तिम दिन नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ०.३५ अंकले घटेर २ हजार १ सय ८३.२७ विन्दुमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा आज बिहीबार कारोबार रकम पनि घटेर २ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार सेयर बजारमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ७ वटा कम्पनीको घटेको छ भने बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार ७४ हजार ९ सय कारोबारबाट ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार करिब ६० करोडले कारोबार रकममा घटेको हो । बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ ।