लुम्बिनी प्रदेशबाट नागरिक उन्मुक्ति पार्टीको मनोनयन दर्ता

११ माघ २०७९, बुधबार १७:५२

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गरेको छ। नागरिक उन्मुक्ति सतारुढ दलभित्र रहे पनि छुट्टै उम्मेदवारी दर्ता गरेको हो । नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिएको जनाइएको छ।

यादवको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन्। रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिए पनि आफूले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई सहयोग नहुने कुरा उल्लेख गरेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेको बताएकि हुन्।