गृहमन्त्रीले भेटे मृतक आचार्यको परिवारलाई

११ माघ २०७९, बुधबार १६:१२

आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री रवि लामिछानेले भेटेका छन् ।

कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् । भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकमा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग क्षमा समेत मागेका छन् ।

गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।