कीर्तिपुर अस्पतालले आचार्यको उपचारमा लागेको सबै खर्च बेहोर्ने

११ माघ २०७९, बुधबार १४:०३

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च फेक्ट नेपाल, कीर्तिपुर अस्पतालले बेहोर्ने भएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गरि अस्पतालले मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको छ । ३५ वर्षीय आचार्यको हिजो ३ बजेबाट सो अस्पतालको आकस्मिक विभागमा उपचार भएको थियो । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ।

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आफैलाई पेट्रोल छर्किएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

No description available.