डा. अनिलले गरे आचार्यको छोरीहरुका लागि ५१ हजार सहयोग

११ माघ २०७९, बुधबार १३:३७

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको परिवारलाई चर्चित डाक्टर ओममुर्ति अनिलले आर्थिक सहयोग गरेका छन्।

आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा मृत्यु भएपछि डा. अनिलले घटनाले स्तब्ध भएको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अरुलाई पनि सहयोग गरिदिन अपिल गरेका छन्।

यसअघि आचार्यले फेसबुकमै कोही मनकारी हुनुहुन्छ भने ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन नभए उनले पनि आफ्नै बाटो समाउन बेर नभएको भन्दै बैंक डिटेलसहित सहयोगको लागि आग्रह गरेका छन्।