देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने कानुन मन्त्रीको प्रतिबद्धता

१० माघ २०७९, मंगलवार २१:५६

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री प्रधानले आज नवलपरासीमा पत्रकारसँग भने, “जनताको पहुँचमा न्याय पुर्याउन  सधैँभरी अग्रसर हुन्छु ।” सो क्रममा उनले जनताको अभिमतको सम्मान गर्दै न्याय दिलाउन इमान्दारिताको साथ काम गर्ने बताए । दलभन्दा माथि उठेर कानुन निर्माण गर्ने बताउँदै मन्त्री प्रधानले कानुन निर्माण गर्दा प्रतिपक्ष दललाई पनि समेट्ने विश्वास दिलाएका छन् ।