कामना सेवा विकास बैंकमा भएको घोटालाबारे थप छानविन गर्न २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैंकमा घटेको झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले बैंकका २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएकामध्ये केही उच्च अधिकारी पनि रहेका छन् ।
घोटाला प्रकरणबारे राष्ट्र बैंकको इन्सपेक्सनपछि कार्वाहीका लागि सीआईबीमा पत्र पठाएसँगै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ‘इलाका प्रहरी कार्यालय दमकले पक्राउ पूर्जी जारी गरिसकेको छ’, स्रोतले भन्यो, ‘पक्राउ पूर्जीमा बैंकका उच्च तहका कर्मचारीको पनि नाम छ ।’
