समृद्धि फाइनान्स समीक्षा अवधिसम्म ७ करोड ७३ लाख रुपैयाँ घाटामा

१० माघ २०७९, मंगलवार १४:२५

समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पछिल्लो ६ महिना अर्थात् पुष)सम्मको  अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनील ७ करोड ७३ लाख रुपैयाँ घाटा रहेको छ। भने अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० लाख २२ हजार नाफा आर्जन गरेको थियो।

यस अवधिसम्म कम्पनीले ८ करोड २४ लाख रुपैयाँ सञ्चालन घाटामा छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले ९६ लाख १७ हजार रुपैयाँ सञ्चालन घाटामा  थियो।

यो अवधिसम्म कम्पनीले खुद ब्याज आम्दानीबापत ४ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष २ करोड ९८ लाख रुपैयाँमा सीमित थियो। ब्याज आम्दानी ४९.४८ प्रतिशतले बढेको हो ।

दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड निक्षेप संकलन गरी १ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १७ करोड १७ लाख रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा १७ करोड ९४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर १३.९२ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.७ प्रतिशत थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.९० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस २.२१ रुपैयाँ रहेको थियो।