पाँच वर्ष रवि र बालेनलाई विश्वास गर्न दिपकराजको आग्रह

१० माघ २०७९, मंगलवार १२:४०

कलाकार दिपकराज गीरीले पाँच वर्ष रवि र बालेनलाई विश्वास गर्न आग्रह गरेका छन् ।

उनले मंगलबार विहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछाने र काठमाण्डौं महानगरका मेयर बालेन शाहलाई विश्वास गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायएत अन्य पार्टीका नेताहरुलाई बर्षौ विश्वास गरेको उनले बताएका छन् । अबको पाँच बर्ष गृहमन्त्री रवि र मेयर बालेनलाई विश्वास गर्न कलाकार गीरीले आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “हामिले कॉग्रेस ,एमाले र माओबादी लाइ बर्षौ बिश्वास गर्यौ अब रबि बालेनहरू आएका छन्उनिहरूलाइ कमसेकम ५ बर्ष त बिश्वास गरौ ”