नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (मओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ ।
