नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख शेरचनबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए अनुसार भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुको साथै शुभकामना आदानप्रदान भएको हो।
