पाकिस्तानका प्रमुख केन्द्रहरूमा विद्युत आपूर्ति बन्द

९ माघ २०७९, सोमबार २१:३१

पाकिस्तानमा राष्ट्रिय ग्रिडमा समस्या देखिएपछि ठूलो परिमाणमा विद्युत आपूर्ति बन्द हुँदा लाखौँ जनता विद्युत सेवाबाट वञ्चित भएका छन् ।

सोमबार बिहान राजधानी इस्लामाबादसहित ठूला सहरहरू कराँची, लाहोर र पेशावरका साथै मुलुकका अन्य प्रमुख केन्द्रहरूमा विद्युत आपूर्ति बन्द भएको थियो । ऊर्जामन्त्री खुर्रुम दास्तागिरले भनेका छन्, “दक्षिणी पाकिस्तानमा आवृत्ति भिन्नता देखिन थालेपछि ग्रिड असफल भएको थियो । तर यो त्यति ठूलै समस्या होइन । चाँडै विद्युत आपूर्ति पुनस् सुचारु हुने छ । पाकिस्तानमा प्रायजसोः विद्युत आपुर्ति अवरुद्ध हुने गर्छ । यसका लागि नराम्रो व्यवस्थापन र पूर्वाधारमा लगानी अभावलाई दोष दिइने गरिएको छ ।