पाकिस्तानको कश्मीरमा खाद्यान्नको चरम अभाव

९ माघ २०७९, सोमबार १६:५८

पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ ।