नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा आफू नियुक्त भएको गजुरेलले बताएका छन् । गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका थिए ।
गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।
आफूले टिकट नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए । त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए ।
