रास्वपाबाट अलग भइन् इन्दिरा रानामगर

९ माघ २०७९, सोमबार १०:५७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा रानामगर अलग भएकी छन् । उनी उपसभामुखमा निर्वाचित भएसंगै रास्वपा बाट अलग भएकी हुन् ।

उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै जानकारी गराएकी हुन् ।

नेपाली कांग्रेसकी नेतृ मुक्ता यादवलाई पराजित गर्दै राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।