फिफाद्वारा श्रीलंकालाई प्रतिबन्ध

८ माघ २०७९, आईतवार २१:०९

तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने कुरा बताएको छ । यो प्रतिबन्ध अर्को निर्णय नहुँदासम्म लागू हुने जनाएको छ । यस्तै फिफा र एसियाली फुटबल महासंघ (एएफपी)ले गर्नु कुनै पनि विकास र प्रशिक्षणका कार्यक्रममा श्रीलंकाको सहभागिता हुने छैन ।