सोमबार (माघ ९ गते) देखि सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्दैछ ।
कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ खुल्ला गर्न लागेको हो । यस मध्ये १०% अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमा ५% अथवा १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बाताईएको छ ।
यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
