क्यालिफोर्नियामा भयो अन्धाधुन्ध फायरिङ धेरै मानिसको मृत्यु भएको आशंका

८ माघ २०७९, आईतवार १७:१४

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध फायरिङ भएको छ । उक्त घटनामा कम्तिमा १६ जना मानिसलाई गोली लागेको सूचना प्राप्त हुनासाथ प्रहरीले घटनास्थानलाई घेराबन्दी गरेर घाइते भएकालाई अस्पतालमा भर्ना गरेको छ ।

मोन्टेरी पार्कमा चिनियाँ नयाँ वर्ष समारोहको आयोजना गरिएको थियो । स्थानिय समय अनुसार शनिवार राति १० बजे अन्धाधुन्द फायरिङ हुन थालेको अमेरिकाको सञ्चार माध्यमले जानकारी दिएको छ । क्यालिफोर्नियाको मोन्टेरे पार्कमा भएको उक्त फायरिङमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

सोहि क्रममा नयाँ वर्ष मनाउनका लागि ठूलो संख्यामा मानिस सहभागि भएका थिए ।