कामना बैंकले चालु आर्थिक बर्सको ६ महिनासम्म १९ करोड ५८ लाख खुद नाफा कमायो

८ माघ २०७९, आईतवार १६:४२

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको भन्दा ४३.०१५ ले थोरै हो । गत वर्ष बैंकले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको भएपनि यो त्रैमाससम्म आइपुग्दा कामन सेवाको खुद ब्याज आम्दानी भने १२.८८५ ले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ९० करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा ४३.०१५ ले घटेर २७ करोड ९८ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने २०७५ ले बढेर ३० करोड १५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीमा केही सुधार भएता पनि सञ्चालन नाफा घट्दा अनि इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो ।

हाल कामनाको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.२४५ रहेको छ । यसको खराब कर्जा अनुपात १.७७५ बाट बढेर ३.७०५ पुगेको छ। प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा रहेको कामना सेवाको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २१ पैसा रहेको छ ।