कांग्रेसले राजनीतिक घटनाक्रमबारे सामूहिक धारणा बनाउदै

८ माघ २०७९, आईतवार ११:५६

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला समूहको बैठक काठमाडौंको बत्तिसपुतलीमा जारी छ ।

आज (आइतबार) बिहान ८ बजेदेखि बत्तिसपुतलीको फुटल्याण्डमा उक्त समूहको बैठक बसेको शेखर कोइरालाको सचिवालयले जनाएको छ । नेताहरूले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे सामूहिक धारणा बनाउन बैठक बसेको हो ।

बैठकमा १४औँ महाधिवेशनमा शेखर–गगन समूहबाट निर्वाचित पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी रहेको नेता गुरूराज घिमिरेले बताए ।