आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्दै

६ माघ २०७९, शुक्रबार १३:२३

विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गते र आम सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ खुल्ला गर्ने भएको छ ।

कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता, कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको हो  । बाँकी रहेको १ लाख ६९ हजार सात सय ५५ कित्ताका लागि सर्बसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणलाई छुट्याइएको आईपीओ १६ हजार ९ सय ७० जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ता पाउने भनिएको छ।

कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओमा नेपाली श्रमिकले माघ १६ गतेदेखि फागुन १ गतेसम्म र आम सर्बसाधारणहरुले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।